यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्य...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
घरेलु मैदानमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा छ । सिटीको जितमा सर्जियो अग्युराे र केभिन डी ब्रुइनले एक-एक गोल गरे ।
२९औँ मिनेटमा सेफिल्डका लेइस मौसेटले गोल गरेका थिए तर त्याे गोललाई एभीआरले अस्वीकार गरेपछि सिटीले राहत महसुस गरेको थियो । फेरि ४०औँ मिनेटमा सेफिल्डका मौसेटले अर्को मौका गुमाएका थिए । पहिलो हाफकाे इन्जुरी समयमा स्ट्रलिङकाे प्रहार पनि बारमा लागेर बाहिरिएको थियो ।
पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेकोमा सिटीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ५२औँ मिनेटमा अग्युराेले ब्रुइनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । उनको गोललाई भारले अनुमति दिएपछि सिटीले अग्रता लिन सफल भयो ।
८२औँ मिनेटमा रिहाद मेहरेजले प्रहार गरेको कर्नरलाई ब्रुइनले गोलमा परिणत गरेपछि सिटीलाई जित निकाल्न सहज भयो ।
यो खेलसँगै सिटीले २०१९ को अन्त्य जितका साथ गरेको छ । प्रिमियर लिगमा सिटी ४१ अंकका साथ तेस्रो स्थानमा छ भने ४२ अंक जोडेको लेस्टर सिटी दोस्रो तथा ५५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।