कमलविनायक-नगरकोट सडककाे स्थलगत अनुगमनमा मन्त्री नेम्वाङ, छिटाे कालाेपत्रे गर्न निर्देशन

 पुष १४, २०७६ सोमबार २०:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायकबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । नगरकोट सडकखण्डको अनुगमनको क्रममा उहाँले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिनुभएकाे हाे । 

उहाँले आगामी चार महिनाभित्र सडक निर्माण पूर्ण रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो । अग्रेजी नयाँ वर्षको पहिलो चौमासिकभित्र नगरकोट सडकको सम्पूर्ण काम सक्न निर्देशन दिँदै भ्रमण वर्ष सुरु भईसकेको अवस्थामा यो सडकलाई धुलोमुक्त बनाउनसमेत निर्देशन दिनुभयो । 

मन्त्री नेम्वाङले भन्नुभयो, ‘अब हिजोको जस्तो अवस्था छैन । नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ। विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।’

उहाँले भक्तपुर काठमाण्डाैको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्तेमा करिडोर बनाएर जाम हटाउने, खाल्डाखुल्डी टाल्ने तथा साना आयोजना मात्रै नभई विकासका ठूला योजना सुरु गरिएकोको जानकारी पनि दिनुभयो ।  

योजना कार्यान्वयनमा पनि जवाफदेहिता गर्न निर्देशन दिँदै मन्त्री नेम्वाङ्गले आलटाल गरेर बसे कारवाही हुने बताउनुभयो । तराईदेखि पहाडसम्मको आवागमनमा भक्तपुर जोडिएको बताउदै उहाँले भक्तपुर समृद्ध भए सिंगो उपत्यका समृद्ध हुने धारणा व्यक्त गर्नुभयाे । 

प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया