पाकिस्तान सुपर लिग तालिका सार्वजनिक : सबै खेल पाकिस्तानमै हुने

 पुष १७, २०७६ बिहीबार १३:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग ‘पीएसएल २०२०’ को तालिका सार्वजनिक भएको छ ।

पीएसएलका सबै खेल यसपटक पाकिस्तानमा खेलिनेछ । यसअघि यो प्रतियोगिताका केही खेलहरु यूएईमा आयोजना गरिएका थिए । २० फेब्रुअरीमा सुरु हुने प्रतियोगिता २२ मार्चमा समापन हुँदासम्म पाकिस्तानका ४ शहरमा खेलाइने छ । पीएसएलमा जम्मा ३४ म्याच हुनेछन् ।

सुरक्षाको कारण देखाउँदै यसअघि यूएईको राजधानी दुबइमा हुँदै आएको पीएसएलमा पाकिस्तान क्रिकेट बाेर्ड पीसीबीले यसपटक सबै खेल पाकिस्तानमै गर्ने निर्णय गरेको हाे । पीएसएल पाकिस्तानका चार शहर कराची, लाहोर, रावलपिन्डी र मुल्तानमा आयोजना हुनेछ ।

कराचीको नेशनल स्टेडियममा ९, लाहोरको गद्दाफी स्टेडियममा १४, रावलपिन्डीमा ८ र मुल्तानमा ३ खेल हुनेछ ।

यो सिजनको पहिलो खेल क्वेटा ग्लाडिएटर्स र इस्लामावाद यूनाईटेडकाबीच हुनेछ । उद्घाटन खेल कराची र फाइनल लाहोरमा गर्ने पनि पीसीबीले जनाएको छ । कराचीमा क्वालिफायर र लाहोरमा एलिमिनेटरका खेलहरु पनि आयोजना गरिनेछन् ।

पीसीबीका अध्यक्ष एहसान मनीले टेस्ट क्रिकेटको पुनरागमनसँगै पीएसएलको आयोजना पाकिस्तानमै गर्नु ठूलो उपलब्धि भएको बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया