जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ ।
एन्फा मैदान सातोबाटोमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जारी लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ । यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन भने आज पहिलो गोल भने गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३ औंँ मिनेटमा एपीएफले अग्रता लिएकाे थियाे । प्रविणकुमार श्रेष्ठको पासलाई आशिष लामाले गोलमा परिणत गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा आशिष लामाले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । तर त्यसको एक मिनेटपछि सरस्वतीले एक गोल फर्कायो ।
सरस्वतीका लागि विनोद केसीले गोल गरेका थिए । केसी जारी लिगमा सरस्वतीका लागि गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । सरस्वतीले अन्तिम समयमा एक गोल फर्काए पनि हार भने टार्न सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।