जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले बिग ब्याश लिगमा चौथो जित हात पारेको छ ।
सिड्नीमा भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्याे । टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएकाे थियो । सिड्नीका लागि एलेक्स रसले ४० तथा म्याथ्यु गिल्केसले २८ रन बनाए ।
सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
उसको जितमा निक लार्किनले ६५ तथा मार्कस स्टोइनिसले ५८ रनको योगदान गरे । जितसँगै मेलबर्न ५ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
याे सिजनकाे ४ खेलमा ३ विकेट हात पारेका सन्दीपलाई चोटका कारण आजकाे खेलमा भने आराम दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।