गोल्डेन ग्लोब २०२० : ‘१९१७’ र ‘वन्स अपन अ टाइम इन हलिउड’ काे दबदबा

 पुस २१, २०७६ सोमबार २०:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

वर्ष २०२० को सुरुवातसँगै यो वर्षको अवार्ड शोको सुरुवात भइसकेको छ । चर्चित अवार्ड शोहरुमध्येको एक ‘गोल्डेन ग्लोब २०२०’ अमेरिकाको लस एञ्जलस शहरमा आयाेजना भएकाे थियाे । गोल्डेन ग्लोब अवार्डलाई ओस्कार अवार्ड पछिको दोस्रो प्रतिष्ठित अवार्डका रुपमा लिइन्छ ।

यस वर्षको अवार्ड शोमा ‘फ्रोजन २’, ‘द लायन किङ’ जस्ता फिल्मलाई पछि पार्दै बेस्ट एनिमेटेड मोशन पिक्चरको अवार्ड ‘मिसिङ्ग लिंक’ले आफ्नो नाममा पारेको छ ।

  

उत्कृष्ट मोशन पिक्चर ड्रामाको अवार्ड ‘१९१७’ ले जितेको छ भने फिल्म ‘वन्स अपन अ टाइम्स इन हलिउड’ बाट अभिनेता ब्राड पिटलाई बेस्ट परफर्मेन्स सपोर्टिङ एक्टरको अवार्डद्वारा सम्मानित गरिएको छ । मोशन पिक्चर–ड्रामा अन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड  फिल्म ‘जुडी’ बाट रेनी जेल्वेगरले जितेकी छिन् । 

मोशन पिक्चर–ड्रामा अन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘जोकर’ बाट जोकिन फिनिक्सले जितेका छिन् । यस्तै, बेस्ट मोशन पिक्चर (म्यूजिकल/कमेडी) तर्फबाट  ‘वन्स अपन अ टाइम इन हलिउड’ ले जितेको छ । 

मोशन पिक्चर (म्यूजिकल/कमेडी) अन्तर्गत उत्कृष्ट अभिनेत्री को अवार्ड ‘द फेरवेल’ बाट अक्वाफिनाले जितेकी छिन् । मोशन पिक्चर अन्तर्गत उत्कृष्ट अभिनेता तर्फ ‘रकेट म्यान’ का लागि टेरोन इगर्टनले जितेका छन् । 

बेस्ट ओरीजिनल स्कोर (मोशन पिक्चर्स)को अवार्ड ‘जोकर’ बाट हिल्डुर गुवना दोतिरले जितेकी छिन् । बेस्ट टेलिभिजन लिमिटेड सीरिज/मोशन फिल्म (टेलिभिजन)को अवार्ड  ‘चेर्नोबिल’ ले जितेको छ । यस्तै, बेस्ट एक्ट्रेस इन लिमिटेड सीरिज तर्फ मिशेल विलियम्स विजयी भएकी छिन् । उत्कृष्ट निर्देशक (मोशन/पिक्चर)को अवार्ड ‘१९१७’ का लागि साम मेन्डेसले जितेका छन् ।  

मोशन पिक्चर अन्तर्गत बेस्ट परफरर्मेन्स सपोर्टिङ रोल (अभिनेत्री) को अवार्ड लाउरा डेर्नले ‘म्यारीज स्टोरी’ बाट जितेकी छिन् । बेस्ट मोशन पिक्चर (एनिमेटेड) तर्फ ‘मिसिङ्ग लिंक’  विजयी भएको छ ।  

टेलिभिजन सिरिज (ड्रामा) अन्तर्गत बेस्ट परफरमेन्स (अभिनेत्री) को अवार्ड ‘द क्राउन’ बाट ओलिभिया कोलम्यानले जितेकी छिन् । यस्तै टेलिभिजन तर्फ सिरिज, लिमिटेड सिरिज वा मोशन पिक्चर अन्तर्गत बेस्ट परफर्मेन्स सपोर्टिङ्ग एक्टरकोे अवार्ड पेट्रीसिया एर्केटले जितेकी छिन् ।

बेस्ट ओरिजिनल सङ (मोशन पिक्चर) को अवार्ड ‘रकेट म्यान’को आइ एम गोन्ना लभ मी अगेन’ले जितेको छ । बेस्ट टेलिभिजन सिरिज (म्यूजिकल/कमेडी)को अवार्ड ‘फ्लेब्याग’ ले जितेको छ । 


बेस्ट स्क्रीन प्ले (मोशन पिक्चर)को अवार्ड फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ बाट क्वेन्टिन टारन्टिनोले जितेका छन् । टेलिभिजन सिरिज (ड्रामा) तर्फ उत्कृष्ट अभिनेताकोे अवार्ड ‘सक्सेसन’ का लागि अभिनेता ब्रायन कोक्सले जितेका छन् । 

उत्कृष्ट मोशन पिक्चर (बिदेशी भाषा)को अवार्ड साउथ कोरियन फिल्म ‘प्यारासाइट’ ले जितेको छ । टेलिभिजन सिरिज (म्यूजिकल÷कमेडी) तर्फ उत्कृष्ट अभिनेत्रीकोे अवार्ड फोबे वालरले जितेकी छिन् । 

उत्कृष्ट टेलिभिजन सिरिज (ड्रामा) तर्फको विजेता सक्सेसन’ बनेको छ । टेलिभिजनतर्फ मोशन पिक्चर लिमिटेड सीरिज अन्तरगत उत्कृष्ट सह अभिनेताको अवार्ड ‘चेर्नाेबिल’ बाट स्टेलन स्कार्सगार्डले जितेका छन् ।

यस्तै टेलिभिजन तर्फ मोशन पिक्चर र लिमिटेड सिरिजमा उत्कृष्ट अभिनेताको अवार्ड रसेल क्रोले ‘द लाउडेस्ट भ्वाइस’ का लागि जितेका छन् । यस्तै टेलिभिजन सिरिज –म्यूजिकल/कमेडी) तर्फउत्कृट अभिनेताको अवार्ड रामी यूस्सेफले जितेका छन् । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया