पश्चिमी क्षेत्रमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने

 पुष २२, २०७६ मंगलबार ७:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डाैसहित मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ ।

यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उहाँले बताउनु भयो । चिसाेबाट बच्न न्यानाे कपडा लगाउन, ताताे र झाेलिलाे पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया