राँगाेलाई जाेगाउन खाेज्दा स्करपियाे पल्टियाे, एक जनाकाे ज्यान गयाे

 पुस २२, २०७६ मंगलबार ११:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा मङ्गलबार बिहान भारतीय नम्बर प्लेटको स्कोरपियो पल्टिँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

सदरमुकाम मलङ्गवाबाट नवलपुर आउँदै गरेको बीआर ०६ पी डी ३६३७ नम्बरको स्कोरपियो दुर्घटना हुँदा भारतीय नागिरक प्रमोद सदाको घटनास्थलमै ज्यान गएको हो । सडकमा हिँड्दै गरेको राँगोलाई जोगाउन खोज्दा स्कोरपियो पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया