खेल सकिएपछि झगडामा उत्रने मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा

 पुस २५, २०७६ शुक्रबार ७:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन् ।

मनाङका जगजित श्रेष्ठ, अशाेक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काे अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हाे ।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । मनाङकै अशोक बराललाई ६ खेलसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । उनले खेलमा राताे कार्ड पनि पाएका थिए । मनाङकै रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध गरिएको छ ।

अफिसियलतर्फ मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार रुपैयाँ जरिबाना गरिएको एन्फाले जनाएकाे छ ।

 

मछिन्द्र क्लबका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई एन्फाले समान दुई–दुई खेलमा प्रतिबन्ध लगाएकाे छ । एन्फाले दुवै क्लबलाई समान ५०–५० हजार रुपैयाँ जरिबाना गरेकाे हाे । 

मनाङ र मच्छिन्द्रबीचकाे गएकाे मङ्गलबार भएकाे तनावपूर्ण खेलमा दुई टिमका खेलाडीबीच हातपात नै भएकाे थियाे । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया