आजदेखि माैसममा क्रमिक सुधार : साेमबारसम्म माैसम सफा रहने

 पुष २५, २०७६ शुक्रबार ७:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनदेखि पश्चिमी वायुकाे प्रभावले माैसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि माैसम सुधार हुने माैसमविद्ले बताएका छन् । माैसम पुर्वानुमान महाशाखाले शनिबारदेखि साेमबारसम्म देशभरकाे माैसम सफा रहने जनाएकाे छ । 

अहिले काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

तर बेलुकाकाे समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।   

चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया