ए डिभिजन लिग : साेमबार दुई खेल हुँदै

 पुस २८, २०७६ सोमबार ९:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत साेमबार दुई वटा खेल हुँदैछ । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् । दुई खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा पराजित भएको पुलिस ८ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।

त्यस्तै दुई खेलमा जित, दुई खेलमा पराजित र एक खेल बराबरी खेलेकाे भए पनि एनआरटीको ५ अङ्क छ । गएकाे संस्करण पुछारमा रहेकाले उसको २ अङ्क घटाइएको हो । एनआरटी नवौं स्थानमा छ । याे खेलमा पुलिस विजयी भए चौथो स्थानमा उक्लने छ भने एनआरटी विजयी भए छैटौं स्थानमा पुग्ने छ ।

प्रतियोगिताअन्तर्गत दिउँसो ३ बजे च्यासल युथ क्लब र विभागीय क्लब एपीएफ खेल्दै छन् । च्यासल ५ अङ्कसहित ११औँ स्थानमा छ भने ४ अङ्क जोडेको एपीएफ १३औँ स्थानमा छ ।

आइतबार भएको खेलमा फ्रेण्ड्स क्लबसँग थ्रीस्टार एक–शून्यले स्तब्ध हुँदा सरस्वती र बिगेड ब्वाइज गोलरहित बराबरीमा रोकिएका थिए । थ्रीस्टारलाई पराजित गरेको फ्रेण्ड्सले पहिलो जित हात पार्दा सरस्वती ब्रिगेडसँग बराबरी खेल्दै पहिलो १ अङ्क लिन सफल भयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया