२०२३ काे टी-२० विश्वकपमा २० देशलाई सहभागी गराउने आईसीसीकाे तयारी

 पुस २८, २०७६ सोमबार १६:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशकाे संख्या २० पुर्‍याउने तयारी गरेकाे छ ।

आइसीसीले सार्वजनिक गरेकाे रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेकाे हाे ।  

यसले एसाेसियट देशलाई फाइदा हुने देखिएकाे छ । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएकाे छ ।

२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएकाे छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेकाे छ ।

यदि याे याेजना पारित भएमा नेपालजस्ता एसाेसियट र क्रिकेटकाे क्रेज भएका देशका लागि बढी फाइदा हुनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kamal Shrestha

    Jan. 14, 2020, 1:59 p.m.

    आसा छ नेपालले पनि भाग लिनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया