ओस्कार अवार्ड्समा ‘जोकर’ ११ विधामा मनोनित

 पुस २९, २०७६ मंगलबार ६:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्षको ओस्कार पुरस्कारको लागि मनोनयन सार्वजनिक भएको छ । फिल्म जोकर सबैभन्दा धेरै ११ वटा विधामा मनोनयनमा परेको छ । 

जोकर उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेता लगायत अन्य आठ वटा विधामा मनोनयनमा परेको छ । 

द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड चाहिँ १०–१० वटा विधामा मनोनित भएका छन् । 

बेलायतकी  सिन्थिया एरिवो, एन्थनी हप्किन्स, जोनाथन प्राइस, फ्लोरेन्स प्यु सबै अभिनय अवार्ड्सका लागि मनोनित भएका छन् । 

जोकर गएको हप्ता ब्रिटिश एकेडमी फिल्म अवार्ड्समा पनि ११ वटा श्रेणीमा मनोनित भएको थियो । 

तर अभिनयको श्रेणीमा सिन्थिया यस्ती कलाकार हुन्, जो ब्रिटिश एकेडमी अवार्ड्मा पनि मनोनित भएकी थिइन् । 

जोकरसँगै उत्कृष्ट फिल्मको मनोनयनमा द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड पनि परेका छन् । 

उत्कृष्ट फिल्मको मनोनयनमा फर्ड भर्सेस फेरारी, जोजो रैबिट, लिटिल विमेन, म्यारिज स्टोरी र दक्षिण कोरियाली फिल्म प्यारासाइट पनि परेका छन् । 

उत्कृष्ट अभिनेताको मनोनयनमा जोकर फिल्मका जोओकिन फिनिक्सको अलावा म्यारिज स्टोरीका एडम ड्राइभर, वन्स अपन अ टाइम इन हलिउडका

लियोनार्दाे डी क्याप्रियो, पेन र ग्लोरीको लागि एन्टोनियो भेन्डरस र द दू पोप्सका लागि जोनाथन प्राइस छन् । 

उत्कृष्ट अभिनेत्रीको लागि एरिवोसँगै रोनैन, चार्लिज थेरन र रेने जेलवेगर पनि मनोनयनमा परेका छन् । 

वन्स अपन अ टाइम इन हलिउडमा सहायक भूमिकाको लागि ब्र्याड पिटको नाम मनोनयनमा परेको छ । 

सब्सक्रिप्शन आधारित ठूलो कम्पनी नेटफिल्क्सको नाम कैयौँ फिल्मसँग जोडिएको छ । यिनीहरुमा म्यारिज स्टोरी, द आयरिशम्यान र द टू पोप्स नेटफिल्क्ससँग जोडिएको फिल्मको २० विधामा मनोनित भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया