बार्सिलाेनाका प्रशिक्षक अर्नेस्टाे भाल्भर्डे बर्खास्त

 पुस २९, २०७६ मंगलबार ७:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टाे भाल्भर्डेलाई बर्खास्त गरेको छ ।

उनको ठाउँमा रियल बेटिसका पूर्व प्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ । भाल्भर्डेले अघिल्ला दुई सिजनको ला लिगा जिताए पनि अन्य प्रतियोगितामा बार्सिलोनाले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन ।

उनको प्रशिक्षणमा बार्सिलोना च्याम्पिन्सकाे फाइनलमा पुग्न सकेको छैन । त्यस्तै यो सिजनमा बार्सिलाेनाले कमजोर टिमसँग पनि खराब नतिजा निकालेको छ ।

सोमबार साँझ बसेको बैठकले भाल्भर्डेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उनको ठाउँमा ६१ वर्षे सेटिनलाई नियुक्त गर्ने निर्णय पनि सोमबारकै बैठकले गरेको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया