युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै – पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँकाे माैसम बदली भइरहेकाे छ ।
तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिरमात्रै केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।
कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका छन् । मङ्गलबार पनि बिहानैदेखि तराईका चितवनबाहेक सबैजसाे जिल्लामा बाक्लो कुहिरो लागेको छ ।
कुहिरो दिनभर रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । दुई, तीन दिनदेखि लगातारजस्तै कुहिरो लागे पनि बेलुकातिर केहीबेर हट्ने गरेकाले यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् श्रेष्ठले बताउनु भयो ।
यसैबीच मङ्गलबार पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । साेमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।