गजल गायक निशान भट्टराईकाे कार दुर्घटनामा ज्यान गयाे

 पुस २९, २०७६ मंगलबार ८:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे तीनकुनेमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । 

कार दुर्घटनामा गजल गायक निशान भट्टराईको ज्यान गएको हाे । बा १० च ३०४ नम्बरको कार साेमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारकाे क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ गायिका लोचन भट्टराईका भाइ रहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया