खाेटाङमा आगलागी : ४८ लाख रुपैयाँ बराबरकाे क्षति

 पुस २९, २०७६ मंगलबार १२:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काे बाम्राङ रमितेडाँडामा रहेकाे एउटा घरमा आगलागी भएकाे छ ।

गोपी कट्वालको घरमा आगलागी हुँदा झण्डै ४८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मङ्गलबार बिहान पौने ८ बजे भएको आगलागीमा कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनु भयो । 

कट्वालको घरमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएका थिए । अग्नी पीडित कट्वाल सामुदायिक सेवा केन्द्र दिक्तेलका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) हुन् ।

नयाँ आरसीसी बनाए पनि कट्वाल परिवार पुरानै घरमा बस्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया