माेबाइलका टावरमा क्षति नपुर्‍याउन दूरसञ्चार प्राधिकरणकाे आग्रह

 पुस २९, २०७६ मंगलबार १३:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको टावरमा क्षति नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर मोबाइलका टावरमा क्षति पुर्‍याउँदा उपभोक्तालाई नै असर पर्ने भएकाले त्यसो नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायक कम्पनीका टावरमा आक्रमण गर्ने क्रम बढेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले यो क्रम तत्काल रोक्न आग्रह गरेको हो ।

मङ्गलबार राति काठमाण्डाैकाे दक्षिणकाली नगरपालिका ८ काे छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आक्रमण हुँदा त्यो क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आक्रमण कसले गरेको हो भन्ने खुलि नसकेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया