आज बेलुकादेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने, शनिबार दिउँसाेपछि माैसम खुल्दै जाने

 माघ १, २०७६ बुधबार ८:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।

नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले बुधबार रातिदेखि विभिन्न ठाउँमा हिउँ र पानी पार्ने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले बुधबार राति पश्चिमका थोरै ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना छ । बुधबार राति पश्चिममा पानी र हिमपात पार्ने प्रणाली मध्य हुँदै पूर्व सर्ने भएकाले बिहीबार दिउँसो काठमाण्डाैसहित मध्य क्षेत्रमा पनि पानी पर्ने छ । साथै बिहीबार बेलुकीदेखि पूर्वमा पनि पानी र हिउँ पर्ने उहाँले जानकारी दिनुभयो ।

बिहीबार र शुक्रबार देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात भए पनि शनिबार दिउँसोपछि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको अनुमान छ ।

मौसम बदली भएसँगै राम्रोसँग घाम नलाग्दा चिसो बढ्नेछ । यसैबीच बुधबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया