इंग्ल्याण्डका वर्ष खेलाडी : जाेर्डन हेन्डरसन र लुसी ब्राेन्ज

 माघ १, २०७६ बुधबार ११:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जोर्डन हेन्डरसन इंग्ल्यान्डको वर्ष खेलाडी घोषित भएका छन् ।

लिभरपुलका कप्तान हेन्डरसनले रहिम स्टर्लिङ र ह्यारी केनलाई पछि पार्दै पुरुषतर्फको वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।

यस्तै महिलातर्फ लुसी ब्रोन्ज वर्ष खेलाडी चुनिइन् । फ्रेन्च क्लब लियोनबाट खेल्ने ब्रोन्जले क्लबलाई सिबिलिभ्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

यी दुईले आ–आफ्नो क्लबको तर्फबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया