बिग ब्याश लिग : सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आज पर्थ स्कर्चर्ससँग खेल्दै

 माघ १, २०७६ बुधबार १३:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा आज बुधबार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पर्थ स्कर्चर्ससँग खेल्दैछ ।

पर्थमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप आजको खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलमा मात्र बेन्चमा बसेका छन् ।

यी दुई टिमबीच भएका पछिल्ला ५ खेलमा सबैमा पर्थ विजयी भएकाले आज मेलबर्नलाई लगातारको हारको बदला लिने मौका रहेको छ । जारी लिगमा पर्थ तेस्रो स्थानमा रहेको छ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया