ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालकाे घरमा बम विस्फाेट, घटनाकाे अनुसन्धान हुँदै

 माघ २, २०७६ बिहीबार ८:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाैकाे – काठमाण्डाैकाे सानो भर्‍याङमा शोभाकान्त ढकालको घरलाई लक्षित गरी बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनु भयो ।

बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बुधबार बेलुका भएको विष्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विष्फोटबाट ढकालको घरसहित खन्य तीन वटा घरको झ्यालका सिसा फुटेको छ । विष्फोटबाट ढकालको घरको गेट र पार्किङ गरी राखेको गाडीमा क्षति पुगेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया