युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
भक्तपुर - मानहानीको मुद्दामा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासनकाे अनुमति पाएको छ ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएपछि गिरीले प्रसाईँविरुद्ध जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा मानहानी र गालीगलौजको निवेदन दर्ता गराउनुभएको थियो । गिरीको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हाे ।
अनुमति पाएलगत्तै प्रहरी प्रसाईँको घरमा पुगे पनि प्रसाईँ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । गएको मंगलबार बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउनुभएको थियो भने, श्रीकृष्ण गिरीले तत्कालै पत्रकार सम्मेलन गरेर खण्डन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।