संसदमा देखिएको गतिरोधको कारक उपसभामुख : पूर्वमन्त्री गजुरेल

 माघ २, २०७६ बिहिबार १८:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताउनुभएको छ । 

बिहीबार काठमाण्डाैमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउनु उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताउनुभयो । 

उहाँले उपसभामुखले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताउनुभयो । 

उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भीर छलफल गर्ने समेत बताउनुभयो । पार्टीका दुवै अध्यक्षले उहाँलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजीनामा नदिने भए पार्टी सोही अनुसार अगाडि बढ्ने समेत बताउनुभयो । 

उहाँले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताउनुभयो । उहाँले उपसभामुखले राजीनामा नदिँदासम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत बताउनुभयो ।

नेता गजुरेलले अहिलेको गति अवराेधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताउनुभयो । उहाँले पार्टीको महाधिवेशन नहुँदासम्म ‘पावर शेयरिङ‘ हुनैपर्ने समेत बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया