देशभरीकै मौसम बिस्तारै खुल्दै, तराईमा लागेको हुस्सु हट्न अझै समय लाग्ने

 माघ ४, २०७६ शनिबार ६:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरीकै मौसम अब बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ ।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । काठमाण्डाै आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया