भारतीय टिमलाई फेरि अर्को झड्का : शिखर धवन चाेटग्रस्त, तेस्राे एक दिवसीय गुमाउन सक्ने

 माघ ४, २०७६ शनिबार १३:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अस्ट्रेलियाविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय अघि भारतीय टिमलाई फेरि अर्को झड्का लागेको छ ।

पहिलो एक दिवसीय क्रिकेटमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएपछि दोस्रो खेलमा उनी सहभागी भएका थिएनन् । दोस्रो एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर शिखर धवन घाइते भएको खबर सार्वजनिक भएको छ ।

अस्ट्रेलियाका बलर प्याट कमिन्सको बाउन्सर बल लागेर घाइते भएका धवन फिल्डिङ गर्न आएनन् । उनको ठाउँमा युजबेन्द्र चहलले फिल्डिङ गरेका थिए । दोस्रो ओभरमै चोट बोके पनि धवनले ९६ रन जोड्दै भारतलाई उच्च स्कोरमा लैजान मद्दत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया