इजरायलले गाजामा गरेकाे हवाई आक्रमणमा ४ सय जनाभन्दा धेरैको ज्...
चैत ५, २०८१ मंगलबार
काठमाण्डौ - अन्नपूर्ण सर्किटको देउराली आसपासमा शुक्रबार गएको हिमपहिरोमा हराएका ७ जना अझै भेटिएका छैनन्।
झण्डै ३१ सय मिटर उचाइमा हराएकामध्ये चार जना कोरियन नागरिक र तीन जना नेपाली अझै नभेटिएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताउनुभयो ।
हराइरहेका नेपालीहरुमा गाइडहरु सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् । हराएकाहरुको खोजीका लागि शनिबार बिहानदेखि हेलिकप्टर परिचालन गरिएको थियो ।
हेलिकप्टरमार्फत अन्नपूर्ण सर्किटबाट विदेशी पर्यटक र नेपाली गाइड गरी झण्डै २ सय जनालाई सुरक्षित ठाउँमा पुर्याइएको पनि निर्देशक आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार उनीहरु बाक्लो हिमपातका कारण बाटोमै रोकिएका थिए । सगरमाथा हिमश्रृङखला लगायत अन्य हिमाल क्षेत्रमा भने पदयात्रीहरु फसेको सूचना आएको छैन।
पदयात्राका क्रममा हिमपात लगायतका प्रकोपका बेला उद्धारको लागि सम्बन्धित ट्रेकिङ कम्पनीले व्यवस्थापन गर्ने गर्छन् भने पर्यटन विभागले समन्वय गर्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।