च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । कासिमिरोले दुई गोल गर्दा रियल मड्रिडले चौथो स्थानको सेभियाविरुद्ध महत्वपूर्ण जित निकाल्याे ।
जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । ५७औँ मिनेटमा लुका जोभिचको पासमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।
६४औँ मिनेटमा मुनिरको पासमा लु डी जोङले सेभियालाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि लुकास भाज्क्वेजको पासमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
जितसँगै रियल मड्रिडले ४३ अङ्क बनाएको छ । एक खेल कम खेलेकाे बार्सिलोनाको ४० अङ्क छ । सेभिया भने ३५ अङ्कसहित चौथो स्थानमा छ ।