ए डिभिजन लिग : सरस्वती पहिलाे जितकाे पर्खाइमा

 माघ ५, २०७६ आइतबार १०:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई वटा खेल हुँदैछ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा मध्याह्न १२ बजे न्युराेड टिम एनआरसी र विभागीय क्लब एपीएफ प्रतिस्पर्धा गर्ने छन् । एपीएफले एक खेलमा जित, तीन खेलमा हार र दुई खेलमा बराबरी गरेको छ । त्यस्तै एनआरटीले तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी गरेको छ ।

यस्तै दिउँसो तीन बजे फ्रेण्ड्स क्बल र सरस्वती क्लब  आमने सामने हुने छन् । यी दुवै टिम लिगको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । तालिकाको पुछारको सरस्वतीले पाँच खेलमा हार र एक खेलमा बराबरी गरेकाे छ । याे खेलमा सरस्वती पहिलाे जित खाेज्ने प्रयासमा हुने छ । फ्रेन्ड्स क्लबले एक खेलमा जित, तीन खेलमा हार र दुई खेलमा बराबरी गरेकाे छ । 

यसअघि लिगका सातौँ र आठौँ चरणका खेलहरु दशरथ रङ्गशालामा सञ्चालन गर्ने भनिए पनि लगातारको वर्षाका कारण रङ्गशालामा प्रतियोगिता सञ्चालन गर्न नसकिने भएको हो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया