बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा

 माघ ५, २०७६ आइतबार १३:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् । 

उनी जनवरी १९ देखि २५ तारिखसम्मको नेपाल भ्रमणका क्रममा आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी छिन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल आइपुगेकी हुन् ।

उनले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । 

अस्त्रिदले कैलाली, नवलपरासी र चितवनको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै उनले नयाँ क्षयरोग भवनको उद्घाटन र यसबाट प्रभावितसँग भेट्ने बताइएको छ । 

राजकुमारी अस्त्रिदको भ्रमणले नेपाल र बेलिज्यमको सम्बन्धमा थप सुदृढ हुने विश्वास लिइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया