शीतल निवासपछि पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल

 माघ ५, २०७६ आइतबार १८:५५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति कार्यालय शीतल निवासको सचिवालयले निकालेको विज्ञप्तिको चर्चा सेलाउन नपाउँदै पर्यटन विभागले आइतबार सार्वजनिक गरेको अर्को विज्ञप्ति चर्चामा आएको छ ।

पर्यटन विभागले आइतबार ५ गते निकालेको विज्ञप्तिमा २०७६ माघ १० गते शुक्रबारका दिन अन्नपूर्ण क्षेत्रमा हिउँ पहिरोमा परेर पदयात्री फसिरहेको र उनीहरुको उद्दार भइरहेको ब्यहोरा उल्लेख गरेको छ ।

३ गते शुक्रबार भन्नुपर्नेमा १० गते भएपछि अहिले विभागले निकालेको विज्ञप्ति सामाजिक सञ्चालमा चर्चामा रहेको छ ।

कतिपयले हिमपहिरोमा पदयात्री हराइरहेको र उनीहरुको उद्दारमा संवेदनशील बन्नु पर्ने विभागले तिथिमिति नै गलत गरी विज्ञप्ति जारी गर्नुले संवेदनहीन बनेको देखिएको प्रतिकृया दिएका छन् ।

हिमपहिरोमा दुई सयभन्दा बढीको उद्दार गरिएको भए पनि केही कोरियन पदयात्रीहरु तथा उनीहरुसँगै रहेका पथ प्रदर्शकहरु अझै हराईरहेका छन् ।

दुई दिनअघि मात्रै राष्ट्रपति कार्यालयको सचिवालयले ‘मिति २०७६ माघ १० गते’ लेखेर जारी गरेको विज्ञप्तिले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा विरोध भएपछि ‘राष्ट्रपति कार्यालयले मिति सच्याएर अर्को विज्ञप्ति सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया