पश्चिमी वायुकाे प्रभाव : मध्य–पश्चिमकाे उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना

 माघ ६, २०७६ सोमबार ७:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साेमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।   

त्यस्तै तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि साेमबार दिनभर हट्ने सम्भावना छैन । काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । साेमबार बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया