देशभरि नै पश्चिमी वायुकाे प्रभाव, मध्य–सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना

 माघ ७, २०७६ मंगलबार ११:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

पश्चिमी वायुको प्रभाव देशभरि नै परे पनि पश्चिमबाहेकका ठाउँमा पानी नपर्ने उहाँको भनाइ छ । तर मौसम बदली भने हुनेछ । बुधबारदेखि भने मध्यपश्चिम र सुदूरपश्चिमको मौसम पनि खुल्ने सम्भावना रहेको उहाँले बताउनु भयाे ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया