सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले बढ्याे

चादी ताेलामा पाँच रुपैया वृद्धि

 माघ ७, २०७६ मंगलबार १३:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन मंगलबार तोलको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन साेमबार र आइतबार ताेलाकाे ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लाे समय सुनकाे भाउमा उतारचढाव भइरहँदा काराेबारमा प्रत्यक्ष असर परेकाे व्यवसायीहरुले बताउँदै आएका छन् । 

यस्तै मंगगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया