सभामुख पदमा काङ्ग्रेसले उम्मेदवारी नदिने

 माघ ७, २०७६ मंगलबार १२:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ ।

मङ्गलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । यससँगै नेकपाका उम्मेदवार अग्नि सापकोटा सर्वसम्मतरुपमा सभामुख बन्ने लगभग निश्चित जस्तै छ ।

सापकोटाले अहिले केही बेरमा उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँ उम्मेदवारी दर्ताका लागि संसद भवनमा पुगिसक्नु भएको छ ।

दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया