राजीव गुरुङले मलाई एक मुक्का र एक लात्ती हान्नु भयाे : एन्फा कास्की अध्यक्ष गुरुङ

 माघ ८, २०७६ बुधबार ९:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) द्वारा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्षमाथि हातपात भएकाे छ । 

पोखरा महानगरपालिका २९ भण्डारढिकमा मङ्गलबारदेखि सञ्चालन भएको मुख्यमन्त्री कप खेलको उद्घाटनअघि सांसद गुरुङद्वारा अखिल नेपाल फुटबल (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का र लात्ती प्रहार भएकाे हाे । 

मिलन गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष समेत हुन् । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा पाँच मिनेटजति वादविवाद भएपछि प्रदेश सभा सदस्य गुरुङले 'लात्ती तथा मुक्का प्रहार' गर्दै हातपात गरेकाे अध्यक्षले बताए । 

दुई जनाबीच नियमअनुसार सहभागी टोलीलाई खेलको एक दिनअघि र एक दिनपछि मात्र आयोजकले व्यवस्था गर्ने र अरु बेला सहभागी टोलीले गर्नुपर्ने नियम अनुसार नै गरिए पनि प्रदेश सभा सदस्य गुरुङले आफूलाई हातपात गरेको अध्यक्ष गुरुङले बताए । सांसद जस्तो व्यक्तिले नबुझिकन हातपात गरेकोमा अध्यक्षकाे आपत्ति छ । 

यसैबीच सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार गर्नु भएकाे छ । ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले सम्झाएको हुँ’, गुरुङकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया