नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे 'सी' टिमसँग खेल्ने

 माघ ८, २०७६ बुधबार १३:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको 'सी' डिभिजनकाे टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो ।

नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट फुटबल क्लबकाे मैदानमा हुनेछ ।

यस्तै सन् २०२१ को मे महिनामा इङ्ग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । हाेम एण्ड अवेका आधारमा मैत्रीपूर्ण खेल हुन लागेकाे हाे । 

मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

सम्झौतामा इङ्ग्लिस फुटबल सङ्घका प्रतिनिधि लोरेन जोन्स र एन्डरसन तथा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया