दिपक मनाङ्गेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङकाे जाहेरी

 माघ ८, २०७६ बुधबार १८:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेश सभा सदस्य दिपक मनाङ्गे भनिने राजीव गुरुङविरुद्ध जाहेरी दिनुभएको छ ।

पोखराको लेखनाथ नगरपालिकामा रहेको भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटस्थलमा सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हान्नु भएको थियो । 

खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभएको हो ।  जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही काे माग गरिएको छ ।

मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान उपलब्ध नगराएको र होटलको व्यवस्था नमिलाएकोले भन्दै मनाङ्गेले गुरुङलाई झापड हान्नुभएकाे थियाे भने मनाङ्गे स्वयंमले गुरुङलाई झापड हानेकाे स्विकार्नु भएको थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया