गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

 माघ ९, २०७६ बिहिबार १७:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) विजयी हुनु भएको छ । बिहीबार भएको चुनावमा श्रेष्ठले विपक्षी कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतभारले पराजित गर्नुभएको हो । 

श्रेष्ठले ३४६२ मतभार ल्याएर विजयी हुँदा रेग्मीले २२४४ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै महिलातर्फ पनि नेकपाकै उम्मेदवार भगवती न्यौपाने विजयी हुनुभएको छ । उहाँले ३३६६ मतभार प्राप्त गर्दा विमला गौचनले २३४० मतभार प्राप्त गर्दै पराजित हुनुभयो ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया