अझै पहिलाे जित खाेज्दै सरस्वती युथ क्लब

 माघ १०, २०७६ शुक्रबार १०:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलको आठौँ चरणअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् ।

मध्याह्न १२ बजे दशरथ रङ्गशालामा पहिलो जित खोजिरहेकाे सरस्वती क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्दैछ ।   

मनाङ १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती पुछारमा रहेको छ । याे खेल जित्दै मनाङ शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीसँग अङ्क बराबरी गर्ने लक्ष्यमा हुने छ ।

यस्तै दिउँसो ३ बजे दशरथ रङ्गशालामै हुने च्यासल र ब्रिगेड ब्वाइज खेल्दै छन् । च्यासल १२ औँ स्थानमा छ भने ब्रिगेड नवौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया