ए डिभिजन लिग : आज आठौं चरणको खेल सकिँदै

 माघ ११, २०७६ शनिबार ७:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार आठौं चरणको खेल सकिँदै छ । दुवै खेल दशरथ रंगशलामा हुने छन् ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । आर्मी तालिकाको शीर्ष स्थानमा छ । तर अरु दुई टिमको पनि आर्मीसँगै समान १६ अंक भएकाले आजको खेलमा जीत निकाले स्पष्ट तीन अंकले अघि बढ्ने छ ।

एनआरटी भने ११ अंकको साथमा सातौं स्थानमा छ । शनिबारको खेलमा एनआरटी विजयी भए चौथो स्थानमा रहेको थ्रीस्टारसँग अंक बराबरी गर्ने छ ।

आर्मी र एनआरटी बराबरीमा रोकिए आर्मीले १ अंकको अग्रता लिने छ भने एनआरटीले पाँचौं स्थानमा जावलाखेलसँग अंक बराबरी गर्ने छ ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने दोस्रो खेलमा फ्रेण्ड्स र संकटा आमने सामने हुने छन् । फ्रेण्ड्स जारी लिगमा ११ औं स्थानमा छ भने संकटा नवौं स्थानमा छ ।

शनिबारको खेलमा फ्रेण्ड्स विजयी भए आठौं स्थानमा पुग्ने छ भने संकटा विजयी भए छैटौं स्थानमा उक्लने छ । प्रतियोगिता अन्तर्गत शुक्रबार मनाङ र च्यासल विजयी भएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया