विप्लव समूह आधारभूत नियन्त्रणमा आइसक्यो : गृहमन्त्री थापा

 माघ ११, २०७६ शनिबार ११:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुुुर्खेत - गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहलाई आधारभूत रुपमा नियन्त्रणमा लिइसकेको बताउनुभएको छ । उनीहरुका गतिविधिलाई प्रतिबन्ध लगाउँदै प्रशासनबाट पक्राउ गरेर नियन्त्रणमा लिन सफल भएको बताउनुभएको हो । 

प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा सहभागी हुुन वीरेन्द्रनगर आउनुु भएका गृहमन्त्री थापाले बैठकअघि आयोजित पत्रकार सम्मेलनमा संविधान र राज्य विरोधी शक्तिहरुलाई नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभएको हो ।  

उहाँले देश विखण्ड गर्ने पृथकतावादीलाई मुुल प्रवाहमा ल्याउन सरकार सफल भएको दावी गर्दै अब विप्लव समूहलाई पनि वार्ताका माध्यमबाट मूल प्रवाहमा ल्याउन सरकार लागि परेको बताउनुभयो ।  

गृहमन्त्री थापाले राष्ट्रलाई हित हुुने गरी एमसीसीमा भएका केही प्रावधान परिमार्जन गरेर सदनबाट पारित हुुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल भारत सीमा विवाद कुुटनीतिक पहलबाट समधान गर्न सरकार लागिपरिरहेको पनि गृहमन्त्री थापाले बताउनुुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया