टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १९ जनाकाे ज्यान गयाे

 माघ ११, २०७६ शनिबार ११:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ ।

अहिले उद्धारको काम भइरहेको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो ।

भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा कयाैँ घाइते भएका छन् । भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएकाे टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएकाे छ । 

भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत र उद्धारका लागि ४०० टोली परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया