सम्झौता अनुसार रकम नपाएपछि थप आन्दोलन गर्दै उखु किसान

 माघ ११, २०७६ शनिबार १२:७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारसँग भएको सम्झौता अनुसार रकम नपाएपछि थप आन्दोलनबारे निर्णय गर्न उखु किसानको बैठक शनिबार बस्दैछ ।

सर्लाहीमा बस्ने बैठकले निर्णायक आन्दोलनका बारेमा निर्णय गर्ने उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।

सरकारसँग भएको सम्झौता अनुसार गएको ७ गतेभित्र सबै भुक्तानी पाउनुपर्ने भए पनि भुक्तानी नपाएपछि थप आन्दोलन गर्नुपर्ने अवस्था आएको अध्यक्ष मैनालीकाे भनाई छ ।

चिनी मिलले दिनुपर्ने बक्यौता र सरकारले दिनुपर्ने अनुदान दुबै भुक्तानी भईनसकेकोले आफूहरुसँग पुनः आन्दोलनको विकल्प नभएको मैनालीले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया