प्रदेश २ सरकारकी राज्यमन्त्री डिम्पल झाद्वारा राजीनामा

 माघ १४, २०७६ मंगलबार १९:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश  नम्बर २  सरकारकी भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले मंगलबार राजीनामा दिनुभएको छ । सरकारको कामदेखि सन्तुष्ट नरहेको भन्दै राजीनामा दिएको झाले बताउनुभयाे । 

उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको कार्यालयमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा  दिनुभएको हो । 

उहाँको राजीनामा पत्रमा लामो समयदेखि राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन प्रयास गरे पनि स्थिति अनुकूल हुने अवस्था नभएकाले राजीनामा दिएको उल्लेख गरिएको छ ।

उहाँले सांसद भएर काम गर्ने भन्दै सरकारको मुख दर्शक भएर काम गर्न नसकिने बताउनु भएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया