जन्मदिन खुल्ने कागजपत्र लानुस् : चन्द्रागिरीमा सित्तैमा केवलकार चढ्नुस् !

 माघ १५, २०७६ बुधबार १७:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- जन्मदिनको दिन चन्द्रागिरिमा सित्तैमा केवलकार चढ्न पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरि केवलकारले बुधबार विज्ञप्तिमार्फत जन्मदिनको दिन केवलकार चढ्दा पैसा नलाग्ने जनाएको छ । 

यसको लागि सेवा लिने पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको दावी छ । 

कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू-टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया