कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपालगञ्जबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले नापी सर्वेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे हाे ।
जग्गाको हालसाविक कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिएपछि अख्तियारको टोलीले खत्रीलाई पक्राउ गरेको अख्तियारको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
खत्रीले लेखापढी व्यवसायी प्रताप केसीमार्फत सेवाग्राहीसँग घुस रकम बुझेको अख्तियारले जनाएको छ ।