प्रदेश २ का मुख्यमन्त्री राउतकाे विवादास्पद अभिव्यक्ति- अब छोरीले छाेरामाथि एसिड खन्याउन् !

 माघ २४, २०७६ शुक्रबार १९:४४:३३ | सुभाष कर्ण
unn.prixa.net

फाइल फाेटाे

माेरङ - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू ‘छोरीमाथि छोराले होइन बरु छोरामाथि छोरीले एसिड खन्याउने’ अवस्था ल्याउने सोचमा रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

जनकपुरमा महिला सशक्तिकरणका सम्बन्धमा महिला अगुवहरुसँग कुरा गर्ने क्रममा शुक्रबार यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे।

महिला अगुवाहरुसँगको भेटघाटको क्रममा मैथिली भाषामा दिइएको प्रतिक्रियामा उहाँले भन्नुभएकाे छ, ‘तपाईँहरु छोरीको बारेमा सोच्दै हुनुहुन्छ । म सुरुदेखि छोरीलाई सशक्त बनाउन खोजिरहेको छु । म आफ्नो कार्यकालमा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र वारियर (लडाकु) बनाउने सोचिरहेको छु कि छोरीले अब छोराको मुखमा एसिड खन्याओस् ।’

मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो अहिले समाजिक सञ्जाल फेसबुकमा निकै भाइरल भइरहेको छ । आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिन लागेको भनी आलोचना समाजिक सञ्जालमै हुन थालेको छ ।

मुख्यमन्त्री राउतको यस्तो विवादास्पद अभिव्यक्तिकाे समाजिक सञ्जालमा निकै आलोचना भएकाे छ । जनकपुरधाममा रहेकाे स्थानीय नागरिक समाजका अगुवा अमरचन्द्र अनिलले मुख्यमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति अपराधले न्यून गर्नुको सट्टा प्रोत्साहन दिने प्रतिक्रिया दिनुभएको छ । 

यसअघि पनि एक अन्तर्वार्तामा ‘अपशब्द’ प्रयोग गरेका कारण उहाँ आलोचित भइसक्नु भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया