कुशल : डेब्युमै अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

 माघ २५, २०७६ शनिबार १२:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएका छन् । कीर्तिपुरमा चलिरहेको आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेका कुशलले ४९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । 

यससँगै उनले एक दिवशीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । यसअघि एक दिवसीय क्रिकेटमा कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । 

रोहितले १६ वर्ष र एक सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए भने कुशल आज १५ वर्ष ३ सय ४० दिनका भएका छन । कुशल डेब्युमै अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । टीमको स्कोर ४९ रन हुँदा पाँच विकेट गइसकेको अवस्थामा ब्याट सम्हालेका कुशलले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । 

तर अर्धशतक बनाएलगत्तै उनी आउट हुन पुगे । लामो शट हान्न खोज्ने क्रममा उनी क्याच आउट भएका थिए । कुशल र विनोद भण्डारीले छैटौ विकेटका लागि ८४ रनको साझेदारी गरे । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया