नेपालका दिवेश 'अमेरिकन आइडल' काे शीर्ष २०

 फागुन ६, २०७६ मंगलबार ८:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली गायक दिवेश पोखरेल चर्चित साङ्गीतिक रियालिटी शो अमेरिकन आइडलको शीर्ष २० मा छानिएका छन् । 

दिवेशको आइतबारको प्रस्तुतिलाई तीन जना निर्णायकले नै खुलेर प्रशंसा गरे । यो श्रृङ्खलाको निर्णायकमा लुक ब्रायन, केटी परी र लाइनल रिची छन् । दिवशको गायनलाई निर्णायकले ‘आउटस्ट्यान्डिङ पर्फमेन्स’ भनेका थिए ।  

अडिशनमा दिवेशले बब ड्यालनको ‘गर्ल फ्रम द नर्थ अमेरिका’ र क्रीडिन्स क्लियरवाटर रिभाइभलको ‘ह्याभ यु एभर सिन द रेन’ गीत गाएका थिए । 

‘मैले यसअघि यस्तो सङ्गीत सुनको थिइँन तर म चुम्बक जसरी तिमीतर्फ तानिए, त्यो तिमीले पनि थाहा पायौँ होला’, मेन्टर बब्बी बोन्सले भने । 

काठमाण्डौमा जन्मिएका दिवेश पाँच वर्षअघि अमेरिका पुगेका थिए । उनी अहिले परिवारसँगै क्यान्सस राज्यको विचिटामा बस्दै आएका छन् । दिवशको स्टेजको नाम भने ‘अर्थर गन’ हो । 

अमेरिकन आइडलको १८औँ श्रृङ्खला गएको आइतबारदेखि सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया